हिमाली क्षेत्रमा विपद् उद्धारका सामग्री सुरक्षा निकायलाई सहयोग
मुस्ताङ | चैत २४, २०७९
मुस्ताङ: गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले मुस्ताङको तीनवटै सुरक्षा निकायलाई हिमाली क्षेत्रमा विपद् उद्धारका विभिन्न सामग्रीहरु सहयोग गरेको छ ।
हिमाली क्षेत्रमा आकस्मिक उद्धारका लागि आवश्यक पर्ने सामग्रीहरु मुस्ताङमा कार्यरत नेपाली सेना, सशत्र प्रहरी बल र नेपाल प्रहरीलाई सहयोग गरेको हो ।
सो सामग्रीहरु गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री तथा प्रदेश सरकारका प्रवक्ता रोशन बहादुर गाहा थापाले जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक रविन्द्रनाथ पौडेल, सशत्र प्रहरी बल नेपाल नम्बर ३३ गुल्म मुस्ताङका सशत्र प्रहरी नायब उपरीक्षक यज्ञमान साउद र नेपाली सेनाका प्रमुख सेनानी इन्द्रराज गुरुङलाई हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा बोल्नुहुदै हिमाल पारीको जिल्ला मुस्ताङका नागरिकहरुलाई शान्ति सुरक्षा एवम् प्राकृतिक विपद्मा उद्धार गर्न सो सामग्रीहरुले सघाउ पुग्ने बताउनुभयो ।

उहाँले वितरण गरिएको सहयोग सामग्री पर्याप्त नहुने बताउदै आगामी दिनमा पनि सहयोग गर्न तयार रहेको धारणा राख्नुभयो ।
मन्त्री गाहामगरले सुरक्षाकर्मीहरु उच्च मनोबलका साथ देश र जनताप्रति ज्यूधनको शान्ति सुरक्षा कायम गर्न इमान्दारिताकासाथ अहोरात्र लाग्नेमा विश्वास व्यक्त गर्नुभएको थियो ।
तीनवटै सुरक्षा निकायलाई विपद् उद्धारमा आवश्यक पर्ने पोलोराइज चस्मा, गिरगिरी बेली डिभाइस, एयर फोर्स एट, एरो क्लासिक हर्नेस, बि लक कार्बिनर, ट्रान्स एयर वान पुली, ह्याण्डस अप, डोरी (रोप), रक स्टार हेल्मेट, पञ्जा, ज्याकेट, सेफ्टी जुत्ता लगायत गरी १० लाख बराबरको सामग्रीहरु प्रदान गरिएको थियो ।
सो समारोहमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, गण्डकी प्रदेश प्रहरीका प्रमुख प्रहरी नायब महानिरीक्षक बुद्धिराज गुरुङ, मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसी, राष्ट्रिय अनुसन्धान व्यूरो मुस्ताङका प्रमुख मदन पौडेलको सहभागिता रहेको थियो ।

पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

